मंगलबार, ९ भदौ २०८३ | ३:५१ PM
सुनचाँदीको मुल्यमा वृद्धि

सुनचाँदीको मुल्यमा वृद्धि

लगानीबक्स १ भदौ २०८३ ११:०९ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनुको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलाको ४ हजार ७७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ७१० रुपैयाँ रहेको थियो ।