काठमाडौं । उद्योगमन्त्री गौरी यादवको निर्देशनपछि सरकारले अनलाइन व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन कडा कदम चालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ।
विद्युतीय व्यापार ऐन, २०८१ तथा निर्देशिका, २०८२ अनुसार कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ। उपभोक्ता ठगी तथा अनलाइन कारोबारसम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप व्यवस्थित, सुरक्षित र उत्तरदायी बनाउन नियमन कडा गरेको जनाएको छ।

