शुक्रबार, ५ भदौ २०८३ | ७:३३ AM
सिप्रदी ट्रेडिङले ल्यायो टाटा कार्निभलको चौथो संस्करण, नयाँ ईभीमा आकर्षक…

सिप्रदी ट्रेडिङले ल्यायो टाटा कार्निभलको चौथो संस्करण, नयाँ ईभीमा आकर्षक अफर

लगानीबक्स ३ भदौ २०८३ ६:४१ अपराह्न

सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यही बिहीबारदेखि ४ भदौदेखि ७ भदौसम्म कार्निभल आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार कार्निभल अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी दिएर हालै नेपालमा सार्वजनिक गरिएका नयाँ पन्च ईभी र नयाँ टियागो ईभी खरिद गर्न सक्नेछन् । पुरानो गाडीलाई डाउनपेमेन्टका रूपमा राखेर टाटा मोटर्सका नयाँ गाडी लिन सकिने कम्पनीले जनाएको छ ।

योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने ग्राहकले उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसरिज तथा निःशुल्क होम चार्जिङ जडानलगायतका सुविधा पाउने कम्पनीले जनाएको छ ।

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसरमा नयाँ पन्च ईभी र नयाँ टियागो ईभी विशेष अफरसहित सार्वजनिक गरिएको थियो । नयाँ पन्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

‘एक्टिईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ । नेपालको बाटोमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ ।

नयाँ पन्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन् ।

दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।