शुक्रबार, ५ भदौ २०८३ | २:०४ PM
आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो

लगानीबक्स ५ भदौ २०८३ १२:३२ अपराह्न

काठमाडौं ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको ३ हजार ३ सयले बढेर तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार भएको थियो ।