आइतबार, ७ भदौ २०८३ | १२:५९ PM
आज पनि सुनको भाउ बढ्यो,त्यस्तै गरि चाँदीको मुल्य घट्यो

आज पनि सुनको भाउ बढ्यो,त्यस्तै गरि चाँदीको मुल्य घट्यो

लगानीबक्स ७ भदौ २०८३ ११:०२ पूर्वाह्न

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १९ हजार ५०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको १० रुपैयाँले घटेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ९८५ रुपैयाँ रहेको थियो ।