मंगलबार, ९ भदौ २०८३ | १२:१९ PM
सुपर मादी हाइड्रोपावरले यो वर्ष हालसम्मकै उच्च लाभांश वितरण गर्ने 

सुपर मादी हाइड्रोपावरले यो वर्ष हालसम्मकै उच्च लाभांश वितरण गर्ने 

लगानीबक्स ९ भदौ २०८३ १२:१९ अपराह्न

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले यस वर्ष हालसम्मकै उच्च लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो । यस अघि कम्पनीले अधिकतम ५ दशमलव २६ प्रतिशतसम्म लाभांश वितरण गरेको तथ्याङक छ । आर्थिक वर्ष ०७९।८० देखि लाभांश वितरण गर्न सुरु गरेको कम्पनीले पहिलो वर्ष २ प्रतिशत दोस्रो वर्ष र तेस्रो वर्ष समान रुपमा ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।