शनिबार, २४ असोज २०८३ | ६:४३ AM
रसुवा बाढीपीडितका लागि गोरखा ब्रुअरीको १० करोड सहयोग 

रसुवा बाढीपीडितका लागि गोरखा ब्रुअरीको १० करोड सहयोग 

लगानीबक्स ११ भदौ २०८३ ४:३७ अपराह्न

काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्ने क्रम जारी रहेको छ।

यसक्रममा गोरखा ब्रुअरीले कोषमा १० करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य तथा बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

सरकारले रसुवा बाढी प्रभावित क्षेत्रमा प्राप्त हुने सहयोग रकमलाई एकद्वार प्रणालीमार्फत संकलन गर्दै आएको छ। सोही व्यवस्थाअनुसार अर्थमन्त्री वाग्लेले विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट प्राप्त सहयोग रकम ग्रहण गरिरहनुभएको छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार, खोज तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउन निजी क्षेत्रबाट समेत उल्लेखनीय सहयोग प्राप्त भइरहेको सरकारको भनाइ छ।