काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरू तथा अन्य प्राकृतिक विपत्तिबाट पीडित नागरिकहरूको राहत, उद्धार र पुनर्स्थापनाका लागि सुर्खेती गुर्भाकोट गेस्ट हाउस परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ६५ हजार ५०० आर्थिक सहयोग प्रदान गरेको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकहरूको दुःखमा साथ दिने उद्देश्यले उक्त रकम कोषको खातामा जम्मा गरिएको गेस्ट हाउस परिवारले जनाएको छ।
सुर्खेती गुर्भाकोट गेस्ट हाउस परिवारले सबै व्यक्ति, संघसंस्था तथा व्यवसायिक समुदायलाई आ-आफ्नो क्षमता अनुसार सहयोग गर्न आग्रह गर्दै मानवीय सहकार्य र एकतामार्फत विपत्तिको सामना गर्न सकिने विश्वास व्यक्त गरेको छ।
यस दुःखद परिस्थितिमा पीडित परिवारहरूको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो, भन्दै गेस्ट हाउस परिवारले सहयोगी मनहरूलाई राहत अभियानमा सहभागी हुन अनुरोध गरेको छ।


