शनिबार, २४ असोज २०८३ | ९:४४ AM
नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट

नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट

लगानीबक्स १४ भदौ २०८३ १०:५६ पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा कायम भएको छ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आजको गिरावटसँगै सुनको मूल्य एकै दिनमा उल्लेख्य रूपमा ओरालो लागेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला १८५ रुपैयाँले सस्तो हुँदै ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९६५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।