काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) सनी सेक्यूरिटिजले असोज १ गते वार्षिक साधारण सभा बोलाएको छ । भदौ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठले कम्पनीको कार्यालय नक्साल, काठमाडौंमा अपरान्ह ३ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८२।८३ को वार्षिक प्रतिवेद सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।
यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट कर समेत २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । ब्रोकर नम्बर ४२ को रुपमा रहेको यस कम्पनीले धितोपत्र दोस्रो बजारको कारोबारका लागि मध्यस्थकर्ताको रुपमा सेवा प्रदान गरिरहेको छ ।
