शुक्रबार, २३ असोज २०८३ | ५:३६ AM
भोटेकोशी बाढीपीडितका लागि राहत संकलन केन्द्र तोकियो

भोटेकोशी बाढीपीडितका लागि राहत संकलन केन्द्र तोकियो

लगानीबक्स १४ भदौ २०८३ २:५० अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था तथा सहयोगी निकायलाई सरकारले तोकिएका संकलन केन्द्रमार्फत सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

विदेशबाट हवाई माध्यमबाट ल्याइने राहत सामग्री:

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। आवश्यकताका आधारमा सरकारले प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउनेछ।

सम्पर्क: श्रद्धा भट्टराई (WFP प्रतिनिधि) – 9841879222

स्वदेशभित्र राहत सामग्री संकलन केन्द्र:

1. निर्वाचन आयोग, कान्तिपथ, काठमाडौं

        सम्पर्क: सशस्त्र प्रहरी निरीक्षक अमर बरामु – 9851065874

2. सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहल, काठमाडौं

         सम्पर्क: हिमविक्रम केसी – 9851085203

3. नेपाली सेना मैथिली ब्यारेक, बट्टार, नुवाकोट

         सम्पर्क: आविष्कार – 9851234324

4. नेपाली सेना बैरेनी ब्यारेक, धादिङ

         सम्पर्क: दिलीप घले – 9851154226

यस बाहेक इच्छुकदाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।