शनिबार, २४ असोज २०८३ | ८:५९ AM
बाढी प्रभावितका लागि ८ हजार केजीभन्दा बढी तरकारी राहत

बाढी प्रभावितका लागि ८ हजार केजीभन्दा बढी तरकारी राहत

लगानीबक्स १५ भदौ २०८३ ३:५४ अपराह्न

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गिता चौधरीको पहलमा भोटेकोशी तथा त्रिशूली बाढी प्रभावित नागरिकका लागि ताजा तरकारी तथा खाद्य सामग्री पठाइएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको समन्वयमा कालीमाटी र बालाजु बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको सहयोगमा भाद्र १३ गते करिब ३ हजार केजी र भाद्र १४ गते करिब २ हजार ५ सय केजी ताजा तरकारी, करिब २० बोरा आलु र १ बोरा प्याज व्यवसायीहरूले आफ्नै सवारीसाधनमार्फत त्रिशूलीस्थित नेपाली सेनाको गणसम्म पुर्‍याएका थिए।

त्यसैगरी, करिब २ हजार ८ सय केजी ताजा तरकारी, आलुलगायतका खाद्य सामग्री लिएर व्यवसायीहरूको टोली बाढी प्रभावित क्षेत्रमा प्रस्थान गरेको छ।

विपद्को यस कठिन समयमा प्रभावित नागरिकलाई आवश्यक खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न मन्त्री चौधरीको पहलमा सम्बन्धित निकाय, व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी राहत सहयोगलाई निरन्तरता दिइएको हो।