शनिबार, २४ असोज २०८३ | ८:५९ AM
सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५०० र चाँदी १५ रुपैयाँले…

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ५०० र चाँदी १५ रुपैयाँले सस्तो

लगानीबक्स १६ भदौ २०८३ ११:०० पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्। पछिल्ला दिनहरूमा सुनचाँदीको मूल्यमा निरन्तर हेरफेर भइरहेको छ।