शनिबार, २४ असोज २०८३ | ८:५९ AM
विपद् प्रभावितका लागि उद्योगमन्त्री गौरी यादवलाई २० लाखको चेक हस्तान्तरण

विपद् प्रभावितका लागि उद्योगमन्त्री गौरी यादवलाई २० लाखको चेक हस्तान्तरण

लगानीबक्स १६ भदौ २०८३ १:०२ अपराह्न

काठमाडौं । विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ह्वासिया इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका प्रतिनिधि डेभिड यीङले उद्योगमन्त्री गौरी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत विपद् प्रभावितको राहत तथा उद्धारमा प्रयोग गरिनेछ।

चेक हस्तान्तरण पछि उद्योगमन्त्री गौरी यादवले विपद्को कठिन समयमा मानवीय भावनाका साथ सहयोग उपलब्ध गराएकोमा ह्वासिया इन्भेस्टमेन्ट कम्पनीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त सहयोग विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा सदुपयोग हुने बताउनुभयो।

विपद्का बेला निजी क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगले सरकारको राहत तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने मन्त्री यादवको भनाइ छ।