शनिबार, २४ असोज २०८३ | ४:३९ AM
नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त

नेपाल बैंकको अध्यक्षमा पिताम्बर भण्डारी नियुक्त

लगानीबक्स १७ भदौ २०८३ ११:३७ पूर्वाह्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्ष पदका लागि पिताम्बर भण्डारी नियुक्त भएका छन् । भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्षले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको सपद ग्रहण गरेका छन् ।

भण्डारी कम्पनीमा नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा नियुक्त भएका थिए । यस अघिका अध्यक्ष शोभाकान्त पौडेल विदा भएसँगै भण्डारीले उक्त जिम्मेवारी पाएका हुन । हालसालै कम्पनीमा अर्थमन्त्रालयबाट प्रनिधिनिधित्व गर्ने अमृत लम्साल र सर्वसाधारण शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालक रहेका जीवन कुमार कट्वाल समितिबाट विदा भएका छन् ।

सञ्चालक समितिमा नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट पिताम्बर भण्डारीसँगै देवराज जोशी र कर्मचारी सञ्चयकोषबाट सुवाष खड्का नियुक्त भएका हुन ।