काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८५ रुपैयाँले ओरालो लागेर ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७६५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनहरूमा लगातार नयाँ उचाइ छोएको सुनको मूल्य आज भने उल्लेख्य रूपमा घटेको हो।
सुनचाँदीको मूल्यमा आएको गिरावटसँगै खरिदकर्तामा केही राहत पुगेको छ भने लगानीकर्ताले बजारको आगामी दिशा नियालिरहेका छन्।
