काठमाडौं । कुमारी सामूहिक लगानीकोष अन्तर्गत सञ्चालनमा रहेका चार योजनाहरुले प्रस्ताव गरेको नगद लाभांश वितरण गरेका छन् । गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट यस क्यापिटलमार्फत सञ्चालनमा रहेको तीन बन्दमुखी प्रकृतिका योजनाहरु कुमारी इक्वीटी फण्ड, कुमारी धनबृद्धि योजना र कुमारी सबल योजनासँगै खुलामुखी प्रकृतिको कुमारी सुनौलो लगानी योजनाले नगद लाभांश वितरण गरेका हुन ।
खुलामुखी प्रकृतिको योजना अन्तर्गत पुनः लगानी योजनामा सहभागी हुन आवेदन दिएका इकाईधनीहरुको हकमा भने प्राप्त प्रतिफल बराबरको इकाई हितग्राही खातामा जम्मा गरिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।
