काठमाडौं । रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका कारण देश शोक र विपत्तिमा परेको अवस्थालाई ध्यानमा राख्दै आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।
विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र हरेक १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यसपटक भदौ १६ गतेका लागि स्थगित गरिएको जनाएको छ।
लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागका अनुसार भदौ १६ गते घोषणा गरिनुपर्ने पुरस्कार कार्यक्रम स्थगित गरी भदौ महिनाभरिका सबै विजेताको नाम आगामी असोज १ गते एकैपटक सार्वजनिक गर्ने निर्णय गरिएको छ। विभागले बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै कार्यक्रम स्थगन गरिएको स्पष्ट पारेको छ।
