काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन घटेको सुनचाँदीको मूल्य आज भने पुनः उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ६०० रुपैयाँले वृद्धि भई ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १४५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको व्यवसायीहरू बताउँछन्।
