शनिबार, २४ असोज २०८३ | ८:०३ AM
बाढीपीडितको राहतका लागि सुर्खेत बुलबुले यातायातद्वारा ५५ हजार ५५५ रुपैयाँ…

बाढीपीडितको राहतका लागि सुर्खेत बुलबुले यातायातद्वारा ५५ हजार ५५५ रुपैयाँ सहयोग

लगानीबक्स १८ भदौ २०८३ १०:१२ अपराह्न

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी पहिरो  बाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सुर्खेत बुलबुले यातायात प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै नुवाकोट र रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारहरूले भोगिरहेको पीडा र कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गरेको जनाएको छ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सघाउने उद्देश्यले कम्पनी परिवारको तर्फबाट ५५ हजार ५५५ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले  प्रभावित परिवारहरूलाई धैर्य र साहसका साथ संकटको सामना गर्न आग्रह गर्दै पुनःस्थापनाको कार्यमा सबै क्षेत्रबाट सहयोग र एकबद्धता आवश्यक रहेको जनाएको छ।