शनिबार, २४ असोज २०८३ | ८:०२ AM
सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार १०० र चाँदी…

सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा ३ हजार १०० र चाँदी ४० रुपैयाँले सस्तो

लगानीबक्स २१ भदौ २०८३ ११:०० पूर्वाह्न

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ रहेको थियो।