शनिबार, २४ असोज २०८३ | ८:०५ AM
सुन प्रतितोला २ हजार ४०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो…

सुन प्रतितोला २ हजार ४०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो भयो

लगानीबक्स २२ भदौ २०८३ १२:२८ अपराह्न

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेर ३ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य परिवर्तनको प्रभावस्वरूप नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा समायोजन हुँदै आएको महासंघले जनाएको छ।