शनिबार, २४ असोज २०८३ | ८:०५ AM
सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढ्यो

लगानीबक्स २३ भदौ २०८३ ११:०९ पूर्वाह्न

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।

त्सयतै, चाँदी पनि १ सय रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँ थियो ।