काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज पुनः ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला २ सय ५५ रुपैयाँले सस्तो भई ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ रहेको थियो।
तिज पर्व नजिकिँदै गर्दा सुनचाँदीको मूल्यमा आएको गिरावटले बजारमा किनबेच गतिविधि बढ्न सक्ने व्यवसायीहरूको अपेक्षा छ।

