शुक्रबार, २६ भदौ २०८३ | १२:५५ PM
यूनाईटेड इदीमर्दी एण्ड आर.बि. हाईड्रोपावरले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने

यूनाईटेड इदीमर्दी एण्ड आर.बि. हाईड्रोपावरले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने

लगानीबक्स २६ भदौ २०८३ १२:१० अपराह्न

काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर.बि.हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०८२।८२ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४८ करोड ३८ लाख ६५ हजार रुपैयाँ छ ।

सोही पूँजीको आधारमा आगामी वार्षिक साधारण सभाबाट पारित गरेर वितरण गर्ने गरी कम्पनीले लाभांश प्रस्ताव गरेको हो । गत वर्ष पनि कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।