काठमाडौं । नागरिक लगानी कोषले महाशक्ती सिमेन्ट लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा शुक्रबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सिमेन्ट कम्पनीका अध्यक्ष राजाराम खड्काबीच हस्ताक्षर भएको हो ।
उक्त कम्पनीले एक सय अंकित मूल्यको एक करोड ७८ लाख ५० हजार ८५७ कित्ता बराबरको १ अर्ब ७८ करोड ५० लाख ८५ हजार ७ सय रुपैयाँको सेयर निस्कासन गर्दै छ । कम्पनीले सम्झौता भएको मितिले ६ महिना भित्र सेयर निष्कासन गरिसक्नु पर्नेछ ।

