काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । भदौ २४ गते कम्पनीले उक्त बोनस शेयर वापत्को ८ लाख ६१ हजार ३५० कित्ता शेयर सूचीकृत गराएको हो । यी शेयर भदौ २६ गतेदेखि कारोबारयोग्य हुनेछन् भने सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश गत वैशाख २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो । पारित गरेको चार महिनामा कम्पनीले बोनस शेयर कारोबारयोग्य बनाएको हो ।

