काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ। गत शुक्रबार घटेको सुनचाँदीको मूल्य आज पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

