काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । असोज २ गते बोर्डले कम्पनीलाई ६ प्रतिशत ब्याजदर रहने ७ वर्षे अवधिको उक्त ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।
बोर्डका अनुसार कम्पनीले ६ प्रतिशत आरबिबिएल डिबेञ्चर, २०८६ नामको ऋणपत्र निष्कासन गर्नेछ । कुल कित्ता ऋणपत्रमध्ये १८ लाख कित्ता परिपत्र विधिबाट व्यक्तिवर तवरले विभिन्न संघ संस्था तथा व्यक्तिमा विक्री हुनेछ भने १२ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा विक्री हुनेछ । प्रति ऋणपत्र १ हजार रुपैयाँका उल्लेखित कित्ता ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

