बिहीबार, १५ असोज २०८३ | २:३२ PM
रसुवाको भोटेकोशी बाढी अपडेट,१ हजार ४ सय ५५ जनाको शव…

रसुवाको भोटेकोशी बाढी अपडेट,१ हजार ४ सय ५५ जनाको शव फेला

लगानीबक्स सम्वाददाता १५ असोज २०८३ ११:५३ पूर्वाह्न

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५५ जनाको शव फेला परेको छ।

जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५३ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३४ वटा शव व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३ सय ९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ३४ जना व्यक्तिहरूलाई राखिएको छ ।