आइतबार, २५ असोज २०८३ | १०:१० AM
गोरखामा बूढीगण्डकी नदीमा आकस्मिक बाढी, ३५ घर बगायो

गोरखामा बूढीगण्डकी नदीमा आकस्मिक बाढी, ३५ घर बगायो

लगानीबक्स सम्वाददाता २५ असोज २०८३ ८:५८ पूर्वाह्न

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान आएको आकस्मिक बाढीले ३५ घर बगाएको छ । बाढीले विभिन्न गाउँमा क्षति पुर्‍याउनुका साथै धार्चे गाउँपालिका–५ स्थित माछाखोला र केरौँजा जोड्ने झोलुंगे पुलसमेत बगाएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको हो । त्यस्तै, दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति पुगेको छ । आइतबार बिहान करिब ४ बजेतिर बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।