काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई बाँडफाँट भएको छ । यस योजना सञ्चालनका लागि असोज १ गतेदेखि ८ गतेसम्म १० करोड इकाई जारी गरिएकोमा मागभन्दा बढी आवेदन परेकाले २५ प्रतिशत इकाई थप गरी असोज २८ गते बाँडफाँट गरिएको छ ।
योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५० लाख इकाई कायम गरि रितपूर्वक आवेदन दिएका आवेदकहरुमा इकाई बाँडफाँट गरिएको हो । १० वर्षे बन्दमुखी प्रकृतिको यस योजनाको इकाई बाँडफाँटपछि अब दोस्रो बजारमा सूचीकृत हुनेछ ।
यस योजनाको इकाई प्राप्त गर्ने इकाईधनीहरुका लागि योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाईको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिनेछ ।
