सोमबार, २ कार्तिक २०८३ | ६:४० PM
मञ्जुश्री फाईनान्सले ८.७५ प्रतिशत दरको ४० लाख कित्ता अग्राधिकार शेयर…

मञ्जुश्री फाईनान्सले ८.७५ प्रतिशत दरको ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने

लगानीबक्स सम्वाददाता ३० असोज २०८३ २:१७ अपराह्न

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले ८ दशमलव ७५ प्रतिशत दरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ४० करोड रुपैयाँ बराबरको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले कुनै पनि सुरक्षण नगराखी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताका लागि मात्र उल्लेखित कित्ता अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।

प्रस्तावित अग्राधिकार शेयर निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएमा आगामी वार्षिक साधारण सभाबाट पारित गर्ने तयारी कम्पनीले गरेको हो । यस कम्पनीले २० प्रतिशत लाभांश प्रस्ताव गर्दै कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक १० गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।