बिहीबार, ५ कार्तिक २०८३ | ८:१४ AM
सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ५.२५ प्रतिशत प्रतिफल वितरण

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ५.२५ प्रतिशत प्रतिफल वितरण

लगानीबक्स सम्वाददाता ३० असोज २०८३ २:०६ अपराह्न

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले यस वर्षको प्रतिफल वितरण गरेको छ । गत आर्थिक वर्ष ०८२।८२ को लागि यस योजनाले कर समेत ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार असोज १६ गतेदेखि सम्बन्धित इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिएको हो । यस योजनाको प्रतिफल प्रयोजनका लागि असोज ८ गते एक दिन बुक क्लोज गरिएको थियो । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम इकाईधनीहरुले मात्र योजनाको प्रतिफल प्राप्त गरेका हुन । यो योजना १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।