काठमाडौं । एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाई धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । एनआईसिइएफ स्टक संकेतबाट योजनाको कुल १० करोड इकाई नेप्सेमा कात्तिक १८ गते सूचीकृत भएको हो । कात्तिक १९ गतेदेखि कारोबारयोग्य हुने यी इकाई सम्बन्धित इकाईधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
यस योजना सञ्चालनका लागि योजना व्यवस्थापकको रुपमा रहेको एनआईसी एशिया क्यापिटलले गत असोजमा इकाई निष्कासन गरेको थियो । यी इकाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत एनआईसी एशिया क्यापिटल लिमिटेडले पुरा गरेको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाका १० वर्ष अवधिको बन्दमुखी प्रकृतिको योजना हो ।

