छिमेक लघुवित्त २५ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार रुपैयाँको आधारमा कम्पनीले ११ दशमलव ९६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १३ दशमलव शून्य ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो ।
कात्तिक १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बमोजिम प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष पनि कम्पनीले कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर समेत १२ दशमलव ५० प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो ।

