Ad
शुक्रबार, ११ मंसिर २०८३ | ३:१० AM
नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत लाभांश दिने

नेपाल एसबिआई बैंकले ८.२५ प्रतिशत लाभांश दिने

लगानीबक्स सम्वाददाता २७ कार्तिक २०८३ २:२२ अपराह्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल ८ दशमलव २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ४० प्रतिशत बोनस शेयर र कर समेत ४ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरी लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।

यो वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ४ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।