काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ४३२ दशमलव ६४ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ३९ लाख ६४ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष भने २ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको वस्तु विक्री आम्दानी भने २३ दशमलव ६२ प्रतिशत बढी भएको छ । गत वर्ष १५ करोड ७० लाख रुपैयाँभन्दा बढी वस्तु विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष भने १९ करोड ४१ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
वस्तु विक्री खर्च पनि यो वर्ष बढेको छ । गत वर्ष १० करोड १५ लाख रुपैयाँभन्दा बढी रहेको वस्तु विक्री खर्च यो वर्ष भने १३ करोड १५ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३० करोड ८१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने १७ करोड ३७ लाख रुपैयाँभन्दा बढी छ । कुल सम्पत्ति गत वर्ष १ अर्व ७३ करोड रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष १ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी छ ।
कुल दायित्व रकम भने गत वर्ष २७ करोड २२ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २९ करोड ९७ लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी ६ पैयाँ ४६ पैसा रहेको कम्पनीको रिटर्न अन इक्विटी ५ दशमलव ७८ प्रतिशत छ ।

