Ad
आइतबार, १३ मंसिर २०८३ | ९:०६ AM
सानिमा माई हाइड्रोपावरले यस वर्ष १५ प्रतिशत लाभांश दिने

सानिमा माई हाइड्रोपावरले यस वर्ष १५ प्रतिशत लाभांश दिने

लगानीबक्स सम्वाददाता १ मंसिर २०८३ १२:२५ अपराह्न

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कात्तिक २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश विद्युत नियमन आयोगको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

आर्थिक वर्ष ०७४।७५ देखि लाभांश वितरण गर्दै आएको यस कम्पनीले हालसम्म अधिकतम १५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । पछिल्लो आर्थिक वर्ष ०८०।८१ को लागि भने कम्पनीले कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो । अघिल्ला चार आर्थिक वर्षभन्दा यो वर्ष कम्पनीले बढी लाभांश वितरण गर्न लागेको हो ।