Ad
बिहीबार, १० मंसिर २०८३ | २:३४ AM
सार्वजनिक बिदामा पनि नबिल बैंकका ८ शाखाबाट बैंकिङ सेवा सञ्चालन…

सार्वजनिक बिदामा पनि नबिल बैंकका ८ शाखाबाट बैंकिङ सेवा सञ्चालन हुने

लगानीबक्स १ मंसिर २०८३ १२:४७ अपराह्न

काठमाडौं । नबिल बैंक लिमिटेडले सार्वजनिक बिदाका दिनमा पनि ग्राहकलाई निरन्तर बैंकिङ सेवा उपलब्ध गराउने भएको छ। बैंकले ३६५ दिने बैंकिङ काउन्टर सेवाअन्तर्गत आगामी कात्तिक २८ गते शनिबार र २९ गते आइतबार विभिन्न ६ प्रदेशका ८ शाखा कार्यालयबाट सेवा सञ्चालन गर्ने जनाएको छ।

बैंकले जारी गरेको सूचनाअनुसार कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज तथा बागमती प्रदेशको तीनधारा र ललितपुर शाखाबाट सेवा उपलब्ध हुनेछ।

त्यस्तै, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्ज धम्बोजी तथा सुदूरपश्चिम प्रदेशको धनगढी शाखाबाट पनि ग्राहकले बैंकिङ कारोबार गर्न सक्नेछन्।

बैंकका अनुसार तीनधारा शाखा दिउँसो १ बजेदेखि बेलुका ४ बजेसम्म खुला रहनेछ। तीनधारा बाहेकका अन्य सबै शाखा भने बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछन्।

उक्त काउन्टर सेवामार्फत ग्राहकले अधिकतम १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न र २ लाख रुपैयाँसम्म रकम झिक्न सक्नेछन्।

सार्वजनिक बिदाका दिनमा पनि बैंकिङ कारोबार सहज बनाउने उद्देश्यले ३६५ दिने काउन्टर सेवा सञ्चालन गरिएको बैंकले जनाएको छ।