Ad
शनिबार, १२ मंसिर २०८३ | ८:२६ AM
एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

एसिया कप राइजिङ स्टार्स खेल्न नेपाली टोली कतार प्रस्थान

लगानीबक्स सम्वाददाता १ मंसिर २०८३ १:२१ अपराह्न

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार कतार प्रस्थान गरेको छ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बिदाइ गरेका हुन्। प्रतियोगितामा नेपालले सन्दीप लामिछानेको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ।

क्यानले केही दिनअघि लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीमा कप्तान लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन्।

नोभेम्बर १९ देखि कतारमा सुरु हुने प्रतियोगितामा नेपालले समूह चरणका तीन खेल खेल्नेछ। नेपालले नोभेम्बर २० मा भारत ‘ए’, नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगितामा समूह चरणबाटै आफ्नो चुनौती प्रस्तुत गर्नेछ।