काठमाडौं । नबिल बैंक आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । बैंकले उक्त सम्मान नवौँ पटक प्राप्त गरेको हो । नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर सरकारलाई बुझाएको जनाएको छ ।
त्यस्तै, बैंकले आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर योगदान गरेको जानकारी दिएको छ ।
बैंकका अनुसार यो उपलब्धि जिम्मेवार बैंकिङ अभ्यास, पारदर्शिता, सुशासन तथा नेपालको आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धताको प्रतिफल हो । साथै, राष्ट्र तथा सरोकारवालाहरूका लागि दिगो मूल्य सिर्जना गर्ने निरन्तर प्रयासको प्रतिबिम्बका रूपमा बैंकले यस उपलब्धिलाई लिएको छ ।
यस उपलब्धिमा साथ र सहयोग गर्ने नियामक निकाय, ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार व्यक्त गरेको छ ।

