काठमाडौं । लुम्बिनी विकास बैंकको ६० हजार ७०९ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी भएको छ। मंसिर २ गतेदेखि कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएपछि अन्य व्यक्ति तथा संस्थामा जारी गरेको हो ।
यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा भने कम्पनीले असोज २७ गते ३५ दिने सूचना जारी गरेको थियो । अन्य व्यक्ति तथा संस्थाहरले यी शेयर खरीदका लागि मंसिर २ गतेदेखि लागू हुने गरी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।

