Ad
बिहीबार, १० मंसिर २०८३ | २:३५ AM
नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताको हात दोस्रो वर्ष पनि खाली हुने

नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताको हात दोस्रो वर्ष पनि खाली हुने

लगानीबक्स सम्वाददाता २ मंसिर २०८३ ११:४३ पूर्वाह्न

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८२।८३ को लागि पनि लाभांश वितरण नगर्ने भएको छ । आर्थिक वर्ष ०८०।८१ पछि लाभांश वितरण नगरेको कम्पनीले गत वर्षको लागि पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । दुई आर्थिक वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले लगातार दुई आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएको हो ।

मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति लिने निर्णय पनि कम्पनीले गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको वितरणयोग्य नाफा भने २३ करोड ३६ लाख रुपैयाँभन्दा बढी छ ।