Ad
शनिबार, १२ मंसिर २०८३ | ८:२६ AM
एभरेष्ट कलरको ३९ हजार ५०० कित्ता शेयरको लकइन सकिँदै

एभरेष्ट कलरको ३९ हजार ५०० कित्ता शेयरको लकइन सकिँदै

लगानीबक्स सम्वाददाता २ मंसिर २०८३ ११:५० पूर्वाह्न

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको ३९ हजार ५०० कित्ता शेयरको लकइन आगामी पुस ३ गतेपछि सकिने भएको छ । सामूहिक लगानीकोषको स्वामित्वमा रहेको यी शेयर थप सर्वसाधारण लगानीकर्तामा आईपीओ बाँडफाँट भएको मिति गत असार ४ गतेदेखि ६ महिनाका लागि लकइनमा रहेका थिए । लकइन अवाधि सकिएपछि सम्बन्धित शेयरधनीहरुले यी शेयर कारोबार गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६ दशमलव ३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणका निष्कासन गरेको हो । दोस्रो बजारमा कम्पनीको कुल ३० लाख कित्ता शेयर सूचीकृत छ । संस्थापक तर्फ ७३ दशमलव ६७ प्रतिशत र सर्वसाधारणतर्फ ७ लाख ९० हजार कित्ता शेयर रहेको कम्पनीको हाल सामूहिक लगानीकोषसँगै संस्थापक र सर्वसाधारणतर्फको शेयर पनि लकइनमा रहेको छ । संस्थापक र सर्वसाधारणतर्फको शेयर भने गत असार ४ गतेदेखि तीन वर्षसम्म लकइनमा रहेनेछ ।

सर्वसाधारणतर्फको शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ७९ हजार कित्ता, कर्मचारीतर्फ १५ हजार ८०० कित्ता र बाँकी ६ लाख ५५ हजार ७०० कित्ता भने थप सर्वसाधारणमा बाँडफाँट गरिएको हो । थप सर्वसाधारणमा बाँडफाँट भएको शेयर मात्र हाल कारोबारमा रहेको छ । यस कम्पनीले विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनीहरु सरह उच्च गुणस्तरीय पेन्ट उत्पादन तथा विक्री वितरा गर्दै आएको छ । नेपालको पहिलो पेन्ट उद्योगको रुपमा यो कम्पनीले सबै बर्गका उपभोक्ताको आवश्यकता र नेपाली हावापानीलाई ध्यानमा राखी प्रिमियमदेखि इकोनोमी ब्राण्डसम्मका विविध प्रकारका रंगहरु उत्पादन गर्दै आएको छ । कम्पनीले सञ्चालन गरेको उद्योगको कर्पोरेट कार्यालय भक्तपुरको कौशलटारमा रहेको र भने उद्योगको कारखाना चितवन जिल्लाको खैरहनीमा छ ।