Ad
शनिबार, १२ मंसिर २०८३ | ८:२६ AM
पुँजीबजार सुधारका लागि नेप्से र ब्रोकरबीच सहकार्यमा जोड

पुँजीबजार सुधारका लागि नेप्से र ब्रोकरबीच सहकार्यमा जोड

लगानीबक्स सम्वाददाता २ मंसिर २०८३ १२:१२ अपराह्न

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुबेदीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमै पुगेर सीईओ सुबेदीलाई बधाई तथा शुभकामना दिएको हो।

भेटका क्रममा एसोसिएसनका अध्यक्ष ढकालले अर्थ मन्त्रालयले अघि सारेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। उक्त कार्ययोजना समयमै कार्यान्वयन गर्न सके पुँजीबजारका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास बढाउन र बजारलाई थप पारदर्शी तथा व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।