काठमाडौं । लक्ष्मी सनराईज बैंक लिमिटेडले मंसिर २५ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरको हो । सभाले प्रस्तावित लाभाशलाई अन्तिम स्वीकृति प्रदान गर्नछ । कम्पनीले गत आर्थिक वर्ष ०८२।८३ को लागि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कात्तिक ११ गते बसको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांश कम रहेको छ । गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाका लागि तय भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्दै त्यसको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । सभा प्रयोजनका लागि मंसिर १४ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा मंसिर ११ गते शुक्रवारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

