काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको आठौँ महाधिवेशनलाई लक्षित गर्दै शाहीले शुक्रबार पत्रकार सम्मेलनमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै शाहीले वर्तमान पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने पार्टीको सर्वोच्च नेता बन्न प्रस्ताव गरेका छन्। उनले अध्यक्ष पदमा आफूले प्रतिस्पर्धा गर्ने घोषणा गर्दै लिङ्देनलाई पार्टीको सर्वोच्च नेतृत्वको भूमिका प्रदान गर्न प्रस्ताव गरेका हुन्।
राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि शाहीको उम्मेदवारी घोषणासँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

