काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनचाँदीको मूल्यले आज पनि गिरावटलाई निरन्तरता दिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेर २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ५४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । पछिल्लो समय बजारमा सुनचाँदीको मूल्य लगातार घट्दै गएको छ ।

