काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि दुईदिने राजकीय भारत भ्रमणमा सहभागी हुनुभएको छ। प्रधानमन्त्रीसँगै उहाँ आज भारत प्रस्थान गर्नुभएको हो।
भारत भ्रमणका क्रममा अर्थमन्त्री वाग्ले दुई देशबीच हुने विभिन्न बैठक तथा छलफलमा नेपाल सरकारको दोस्रो वरीयताका प्रतिनिधिका रूपमा सहभागी हुनुहुनेछ।
यस्तै, आज साँझ नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रको सहभागितामा आयोजना हुने नेपालमा लगानी आह्वानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

